Wednesday, October 7, 2015

सूर्यकुमार क्षेत्रीको रुहाउने दशैं गीत (भिडियो सहित)

१९ असोज, काठमाडौं ।

बिजया दशमीको उपलक्ष्यमा गीतकार सूर्यकुमार क्षेत्रीले नयाँ मर्मस्पर्शी गीत सार्वजनिक गरेका छन् । परदेशीएका लाखौ नेपालीको भावना समेटने गरी उनले गीत निर्माण गरेका हुन् । गीतमा बिमलराज क्षेत्रीले श्वर दिएका छन् ।
भिडियो हेर्नुस् 

सूर्यकुमारको संकलन रहेको गीत धेरैले यूट्यूवमा हेरिसकेका छन् । झण्डै ५ सय गीत लेखिसकेका क्षेत्रीले दशैमा टिका लगाउन घर आउन नपाएका परदेशीको पीडालाई गीत बनाएको बताए ।
surya kumar chhetri
गीतले निक्कै प्रशंसा पाएको उनको भनाई छ । यसपालि नि आउन पाइन रुदै छु म यता , जमरामा पानी तिम्ले हाल्दै हौली त्यता…..बोलको गीत अहिले चर्चामा छ । युट्यूवमा दर्ता भएको १५ घण्टमै झण्डै तीन हजारले यो गीत हेरिसकेका छन् ।
संकलक सूर्यकुमार क्षेत्री ब्रेन ट्यूमरको समस्यालाई जितेर उपचारपछि पुनः गीत संगीतको क्षेत्रमा फर्किएका छन् ।

कक्षा १२ को नतिजा प्रकाशित (नतिजा हेर्ने लिङ्क)

कक्षा १२ को नतिजा प्रकाशित (नतिजा हेर्ने लिङ्क)


२० असोज, भक्तपुर ।
उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ मानविकी, व्यवस्थापन र शिक्षा संकायकोको नतिजा आज प्रकाशित गरेको छ ।
परिषद्का अनुसार नियमित तर्फ १ लाख ६१ हजार ४ सय ५८ मध्ये ६४ हजार ५ सय ६७ जना अर्थात ३९.९९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

नतिजा यो लिङ्कमा हेर्न सकिन्छ 

कक्षा १२ को परीक्षामा तीन लाख ८४ हजार ४१३ परीक्षार्थीको सहभागिता रहेको थियो । भूकम्पबाट अतिप्रभावित भएका सात जिल्ला गोरखा, धादिङ नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका परीक्षा भने असार १४ गतेदेखि सञ्चालन गर्ने भएको थियो ।

सेक्स गर्न विवाह नै गर्नु पर्छ भन्ने छैन – राधिका आप्टे

एजेन्सी ।

केही समय अघि मात्र बाथरुममा खिचेको सेल्फी सार्वजनिक भएर विवादमा परेकी बलिउड अभिनेत्री राधिका आप्टेले अर्को बयानका कारण चर्चा पाएकी छिन् ।
राधिका आप्टेले सेक्सका लागि विवाह गर्नै पर्ने जरुरी नभएको र विवाह अघि पनि सेक्स सम्बन्ध राख्न सकिने बताएपछि बलिउडमा हंगामा भएको हो ।
Radhika apte history (8)
आजकलका केटीले सेक्सका लागि विवाह नकुर्ने पनि उनको भनाइ छ ।
Radhika Apte nude selfie
पुरुषले अव महिला मात्र यौनिक अनुशासनमा बसुन् भन्ने चाहाना राख्न नहुने समेत उनले बताएकी छिन् ।

१ मिनेटको लागि गुगलको मालिक बन्दा…

१ मिनेटको लागि गुगलको मालिक बन्दा…


१४ अर्ब कमाइ गर्ने गुगललाई यी व्यक्तिले कसरी किने १२ डलरमा?

गुगलको कम्पनीमा पहिले काम गर्ने सन्मे भेडले गुगल जस्तो ठुलो इन्टरनेट कम्पनी किन्न पाए, तर केवल १ मिनेटको लागि मात्र। विश्वकै सबैभन्दा बढी इन्टरनेट ट्राफिक भएको साइट किनेको उनको अनुभव उनलेलिक्ड्इन प्लसमा सेयरगरेका छन्।
सेप्टेम्बर २९ मंगलबारको दिन रोचक घटना हुन पुग्यो। सन्मेले ‘गुगल डोमेन इन्टरफेस’मा गुगल डटकम लेखि सर्च गरेकामात्र के थिए, गुगल डटकम किन्नको लागि मिल्ने भनि आश्चर्यमा पार्ने नजिता आयो।
google-domain-one-minute-
उत्सुक हुदै उनले गुगलडटकम डोमेन किन्ने प्रक्रिया सुरु गरेछन्। ट्रान्ज्याक्सन सफल भएपछि संसारकै सबैभन्दा भढी इन्टरनेट ट्राफिक भएको साइट केबल १२ डलरमा सन्मेको नाममा भयो।
google-domain-one-minute-1
डोमेन किनेपछि उनलाई दुईवटा इमेल गुगलबाट आयो। गुगलको वेबमास्टर टुल अनि गुगलको वेवमास्टर जानकारी सहित पुरै अपडेट भयो। गुगलको मालिक नै भए उनी।
google-domain-one-minute-4
त्यसपश्चात गुगलडटकम डोमेन संग सम्बन्धित नोटिफिकेसन उनको इमेलमा आउन सुरु भयो। गुगलका केही भित्री इमेल पनि आउनसुरु भएपछि उनले गुगलको सेक्युरिटी टिमलाई रिपोर्ट गरे।
google-domain-one-minute-2
तर केही मिनेट पछि गुगलडटकम किनेको उनको सो अर्डर क्यान्सल भयो, अनि उनले अर्को इमेल पाए, गुगल डटकम उनको रहेन। उनले भने, ‘कम्तीमा केही मिनेटको लागि भएपनि गुगलको मालिक भएको त भन्न पाएँ नि’।
google-domain-one-minute-3
उनले फेरी गुगलडटकम डोमेन सर्च गरे तर अब गुगलडटकम किन्न नमिल्ने भइसकेको थियो।
भेडले थाहा पाएनन किन कसरी उनले गुगलडटकम किन्न पाए। गुगलका प्रवक्ताले के भयो भनेर पत्ता लगाउने कोसिस भइरहको बताएपनि केही अस्वभाविक प्राविधिक गडबढी नदेखिएको बताएका छन्।

Tuesday, October 6, 2015

जुकरबर्गले सार्वजनिक गरे नेपालको भिडियो, डेढ अर्ब चन्दा सहयोग उठेकोमा दिए धन्यवाद


mainphoto

काठमाडौँ : फेसबुकका संस्थापक मार्क जुकरबर्गले मंगलबार एउटा भिडियो सार्वजनिक गर्दै नेपालको भूकम्पपछि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।उनले १५ मिलियन अमेरिकी डलर सहयोग भएको जानकारी पनि दिए।सहयोग रकम कसरी खर्च भयो भन्ने बारे उनले भिडियो सार्वजनिक गरेका हुन्। भिडियोमा ललितपुर निवासी अमिर राज थापालाई फिचर गरिएको छ। उनले भूकम्प आएपछिका अनुभवहरु समेटेका छन्।भूकम्प लगत्तै फेसबुकमा धेरैले आफ्नो स्थितिबारे सोधेको, त्यसपछि उनले जवाफ दिएको, भूकम्पमा सुरक्षित भएको जनाउ दिन फेसबुकको सेक्युरिटी चेक गरेको त्यसपछि इन्टरनेसनल मेडिकल कोर्प्सको स्वयंसेवी भएर उनी गोरखा गएको भिडियोमा समेटिएको छ।
video हेर्न यहा क्लिक गर्नुहोस 

धेरै पादेको आरोपमा कर्मचारी बर्खास्त

This is very fantastic incident happened in the Pensilveniya state of America. The pork selling company of USA an officer is Exiled from His job because of he farted in the office frequently.

Thursday, October 1, 2015

खुल्यो तातोपानी नाका, भोली साँझसम्म मालबहाक गाडी ओहोर दोहोर गर्न मिल्ने

Tatopani Naka is Opened, transportation will continue from tomorrow. It will make easier the livelyhood of People.

नेपालले मोबाइल इन्टरनेट र ब्रोडव्यान्डमा भारतलाई पछि पार्यो

Nepal has left back india in Mobile internet and broadband internet service. According to the world Survey of UNESCO this fact is came out.

रोचक खबर डट कममा पाठक हरु लाइ हार्दिक स्वागत छ |

सम्पूर्ण रोचक खबर प्रेमी जनसमुदायहरुमा रोचक खबर डट कम को तर्फ बाट हार्दिक स्वागत गर्दछौ | तपाइहरु यो  खबर पत्रिका मा विभिन्न खाले मनोरन्जनात्मक समाचार हरु प्राप्त गरि आनन्द लिन सक्नुहुनेछ |
धन्यवाद |