Tuesday, October 6, 2015

जुकरबर्गले सार्वजनिक गरे नेपालको भिडियो, डेढ अर्ब चन्दा सहयोग उठेकोमा दिए धन्यवाद


mainphoto

काठमाडौँ : फेसबुकका संस्थापक मार्क जुकरबर्गले मंगलबार एउटा भिडियो सार्वजनिक गर्दै नेपालको भूकम्पपछि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।उनले १५ मिलियन अमेरिकी डलर सहयोग भएको जानकारी पनि दिए।सहयोग रकम कसरी खर्च भयो भन्ने बारे उनले भिडियो सार्वजनिक गरेका हुन्। भिडियोमा ललितपुर निवासी अमिर राज थापालाई फिचर गरिएको छ। उनले भूकम्प आएपछिका अनुभवहरु समेटेका छन्।भूकम्प लगत्तै फेसबुकमा धेरैले आफ्नो स्थितिबारे सोधेको, त्यसपछि उनले जवाफ दिएको, भूकम्पमा सुरक्षित भएको जनाउ दिन फेसबुकको सेक्युरिटी चेक गरेको त्यसपछि इन्टरनेसनल मेडिकल कोर्प्सको स्वयंसेवी भएर उनी गोरखा गएको भिडियोमा समेटिएको छ।
video हेर्न यहा क्लिक गर्नुहोस 

No comments:

Post a Comment