Wednesday, October 7, 2015

सूर्यकुमार क्षेत्रीको रुहाउने दशैं गीत (भिडियो सहित)

१९ असोज, काठमाडौं ।

बिजया दशमीको उपलक्ष्यमा गीतकार सूर्यकुमार क्षेत्रीले नयाँ मर्मस्पर्शी गीत सार्वजनिक गरेका छन् । परदेशीएका लाखौ नेपालीको भावना समेटने गरी उनले गीत निर्माण गरेका हुन् । गीतमा बिमलराज क्षेत्रीले श्वर दिएका छन् ।
भिडियो हेर्नुस् 

सूर्यकुमारको संकलन रहेको गीत धेरैले यूट्यूवमा हेरिसकेका छन् । झण्डै ५ सय गीत लेखिसकेका क्षेत्रीले दशैमा टिका लगाउन घर आउन नपाएका परदेशीको पीडालाई गीत बनाएको बताए ।
surya kumar chhetri
गीतले निक्कै प्रशंसा पाएको उनको भनाई छ । यसपालि नि आउन पाइन रुदै छु म यता , जमरामा पानी तिम्ले हाल्दै हौली त्यता…..बोलको गीत अहिले चर्चामा छ । युट्यूवमा दर्ता भएको १५ घण्टमै झण्डै तीन हजारले यो गीत हेरिसकेका छन् ।
संकलक सूर्यकुमार क्षेत्री ब्रेन ट्यूमरको समस्यालाई जितेर उपचारपछि पुनः गीत संगीतको क्षेत्रमा फर्किएका छन् ।

No comments:

Post a Comment